आमालाई मा’र्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है !
- Get link
- X
- Other Apps
एउटा गरिब किसान र उसकी
बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो
टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए
। उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध
मानिस`हरूको स्वास्थ्यव`स्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो ।
यसले गर्दा एकदिन उसले
एउटा कठो|र घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढी`हरूलाई तुरुन्तै मारि`दिनू भन्ने
व्यहोराको आ`देश दियो । वास्त`वमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्यनै थियो ।
गरिब किसानले भने आफ्नी
आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठो`र हुकुम सुनेर
उसको मन वे`दनाले भरियो । तर कसैले
पनि राज्यपालको आदेशलाई नकार्न सक्दै`नथ्यो । त्यसैले
उक्त नौजवानले आफ्नी आमा`लाई त्यो समयमा
सबैभन्दा दयालु मानिने मृ`त्यु दिनको लागि
तयारी गर्यो ।
सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्न`सहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरो`तर्फको दर्द`नाक यात्रा सुरु
गर्यो । बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटा`हरूले गर्दा धेरै ठाउँमा ऊ अल्म-लिन पुग्यो पुग्यो र कति`पय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन ।
जुन-सुकै बाटो गए पनि
उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धा`धुन्ध अगाडि
बढिरह्यो । उक्त पहाडको शिखरमा नाङ्गो भाग थियो जहाँ छोरा-छोरीले आफ्ना
आमा-बाबुलाई लगेर एक्लै छाडि`दिन्थे र ऊ
त्यतैतर्फ लागिरहेको थियो ।
बूढी आमाको आँखा त्यति
धमिला त थिएनन् तर छोराले अल|मलमा एकपछि अर्को
बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृदय अत्यन्तै अत्ता`लिन थाल्यो । उनको छोरा`लाई पहाडका बाटा|हरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा ख`तरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो
हातले भ्याउने ठाउँको रुख`विरुवाका हाँगा`विंगाहरू निमो`ठिन् र केहि
पाइला क`ट्ने`बित्तिकै बाटोमा
खसाउँदै गइन् ।
यसले गर्दा उनीहरूले
छोडेर गएको साँघुरो बाटोको ठाउँ-ठाउँमा हाँगा`विंगाहरूको
थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे । थकि`त र निराश किसानले विस्तारै आफ्नी आमा-लाई भुइँमा बिसायो र
आमा-प्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आराम-दायी ठाउँ
खोज्यो ।
भुइँमा झरेका सल्लाका
पातहरू-लाई जम्मा गर्दै उसले विछ्यायो र आफ्नी बूढी आमा-लाई उठाएर त्यसमाथि राख्यो
। त्यसपछि आँ’शु भरिएका आँखा र दुखि`रहेको मुटु लिएर
उसले आमाबाट विदा माग्यो ।
छोरालाई आफ्नो अन्तिम
आदेश दिनेबेलामा निस्वार्थ मायाले भरि-पूर्ण आमाको आवाज काँपि-रहेको थियो ।
‘तिम्रा आँखा-हरू कहिल्यै पनि कम`जोर नहुन् मेरो
छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो ख|तरा नै खत`राले भरिपूर्ण छ
। साव`धानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा
रुखविरुवाका हाँगाविंगाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ ।
तिनीहरूले तिमीलाई घरसम्म
पुर्याउने छन् । ’छोराका भाव`विभोर आँखाहरूले
पछाडि बाटोतर्फ हेरे र त्यसपछि फुटेका र चाउरी परेका बूढी आमाको कर्मशील हातहरू`लाई हेरे । भित्रभित्रै उसको मन छिया`छिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विला`प गर्यो-‘ए मेरी आदरणीय आमा, हजुरको ममता
देखेर मेरो मुटु नै टुक्रा`टुक्रा हुन्छ !
म हजुरलाई एक्लै छोडेर
जान सक्दिन । हामी संगै घर|सम्मको बाटो
पत्ता लगाउनेछौं र म`र्नु|परे बरु संगै मर्नेछौं । ’ उसले फेरी एकपल्ट आफ्नो भारीलाई
बोक्यो(कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा!) र जूनेली प्रकाशमा आमाले भुइँमा
झारेका हाँगा|विंगालाई पछ्याउँदै तल
उपत्यकामा रहेको आफ्नो सानो झुपडी`तर्फ लाग्यो ।
उसको भान्छा|कोठाको कुनामा खाने|कुराहरू भण्डारण
गर्नको लागि एउटा गोप्य भण्डार थियो जो हत्त`पत्त कसैको नजरमा
पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमा`लाई त्यहीं
लुकायो । उसले आमा`लाई आवश्यक पर्ने सबै
कुराहरू लागि`दिन्थ्यो र आफूले लुकाएको
कुरा कसैले पत्तो लगाउला भनेर सतर्कता अपनाउँथ्यो ।
समय बित्दै गयो र उसले
सुर`क्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै
राज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग
थियो कि उसका सबै रैतीले खरानीको डोरी बनाएर उसलाई भेटी चढाउनु`पर्ने थियो । ड`र र त्रा`सले गर्दा सारा प्रान्त नै थर`थर काँप्यो ।
आज्ञा बाध्यात्म`कारी थियो र पूरै साइनिंग प्रान्तमा कसले पो खरानीको डोरी
बनाउन सक्थ्यो र? अत्तालिएको किसानले एक
रात आफ्नी आमालाई राज्य`पालको त्यो अचम्म|लाग्दो आदे`शबारे बतायो ।
उनले ‘पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरा`लाई खरानीको डोरी बनाउने उपाय बताइन् ।
उनले भनिन्, ‘परालको डोरी बाट’ । ‘त्यसपछि चेप्टा ढुंगाहरूमा
राखेर त्यसलाई सिधा पार र एउटा हावा नचलेको रात पारेर आ|गो सल्काऊ’| किसानले
मान्छेहरूलाई भेला पारेर आमाले भनेजस्तै गर्यो र आ`गो निभेपछि
ढुंगामा खरानीको डोरी बन्यो । राज्यपाल किसानको बुद्धि देखेर प्रशन्न भयो र सबैको
अगाडि निकै प्रशंसा गर्यो ।
र उसले यो जान्न खोज्यो
कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो- ‘अब
अन्ततः मैले सबै सत्य भन्नै पर्छ’ र उसले आफ्नो सबै कथा खोल्यो । राज्यपालले
सविस्तार सुन्यो र त्यसपछि मौनधारण गर्दै गहिरो सोचमा डुब्यो ।
धेरैबेरपछि उसले आफ्नो
शिर उठायो र गम्भी|र मुद्रामा भन्यो –
‘हाम्रो प्रान्तलाई युवाहरूको बलले मात्र पुग्दैन रहेछ’, ‘शायद मैले ‘केश फुल्दै गएपछि मान्छेमा ज्ञान
पनि बढ्दै जान्छ; भन्ने भनाइलाई बिर्सेछु ।
यति भनेपछि उसले त्यतिखेर नै आफ्नो कठो`र नियमलाई अन्त्य
गर्यो र वृद्धवृद्धाहरूलाई मा`र्नुपर्ने
व्यवस्थाको अन्त्य भयो । कथा मन परेमा शेय`र गरेर आमाको
सम्मान गरौं कथा – जापानी कथा लेखक मात्सुओ बाशो ( अनुवादक अनुप जोशी ) –
(साङ्केतिक फिचर तस्बिर)
- Get link
- X
- Other Apps

Comments
Post a Comment