जापानले खोप किन्न मात्र ५ खर्ब बढी रकम खर्च गर्ने

 





टोकियो, जापान ।

जापान सरकारले कोरोना भाइरस विरोधी खोप किन्नका लागि ५ खर्ब येनभन्दा बढी रकम खर्च गर्ने निर्णय गरेको छ । सञ्चिति कोषबाट खोप खरिदका लागि ५ खर्ब १० अर्ब येन ९४ खर्ब ७० करोड डलर० खर्च गर्ने निर्णय गरिएको छ ।

सरकारले आर्थिक वर्ष २०२१ मा कोरोना भाइरसको महामारीसँग जुध्नका लागि सञ्चिति कोषमा ५० खर्ब येन (४६ अर्ब डलर) छुट्टयाएको थियो ।

मन्त्रीपरिषद्ले शुक्रबार विदेशी फर्मा कम्पनीहरुबाट थप खोप किन्न सञ्चिति कोषमा रहेको रकम प्रयोग गर्ने निर्णय गरेको छ । जापान सरकारले अमेरिकी फर्मा कम्पनी फाइजरसँग सेप्टेम्बरमा खोपको थप मात्रा किन्ने व्यवस्था मिलाइरहेको छ ।

सरकारले अमेरिकी फर्मा कम्पनीहरु मोडेर्ना र नोभाभ्याक्सबाट आगामी वर्ष खोपको आपूर्ति लिनेबारे वार्ता गरिरहेको छ ।



Comments