- Get link
- X
- Other Apps
काठमाडौँ, २३ बैशाख । महानगरीय ट्राफिक
प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने एक युवकलाई गोगबु बसपार्कबाट पक्राउ
गरेको छ ।
सादा पोशाकको टोलीले
गोगबु नयाँबसपार्कबाट बाग्लुङ भगवती काउण्टरका एक जना कर्मचारीलाई नियन्त्रणमा
लिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।
पक्राउ पर्नेमा स्याङ्जा, चापाकोट ७ घर भई
मित्रनगर बस्ने बर्ष ३० को मिलन सारु रहेको छन् ।
काठमाडौँ देखि
बाग्लुङसम्म जाने नियमित भाडा नौ सय भएकोमा निजले तीन हजार देखि चार हजारसम्म
लिएको पाइएपछि नियन्त्रणमा लिएको एसएसपी भट्टराई बताउनु भयो ।
पक्राउ परेका सारुले
बैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङसम्म बढि भाडा लिएको
पाइएको महाशाखाले बताएको छ ।
पक्राउ परेका मिलनलाई
आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाइएको छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment