- Get link
- X
- Other Apps
टोकियो, जापान ।
आईतबार र सोमबार पश्चिम
जापानदेखी उत्तरी जापानको ठूलो भागमा मौसम प्रतिकुल हुने भएको छ । जापानको मौसम
विज्ञान एजेन्सीका अनुसार मेघ गर्जन, चट्यागं सहित भारी सम्भावनाको जोखिम रहेको छ ।
भारी वर्षाका कारण
समुन्द्र सतहदेखी कम उचाइको क्षेत्रमा डुबान र नदीहरूको बहावका कारण बाढीको कारण
प्रकोपहरू निम्तन सक्ने भएकाले सतर्क रहन मौसम अधिकारीहरुले आग्रह गरेका छन् ।
जापान मौसम विज्ञान
एजेन्सीका अनुसार कालो बादल र चिसो हावाको प्रभावले वायुमण्डलीय अवस्था व्यापक
क्षेत्रमा अस्थिर भएको छ र पश्चिम र पूर्वी जापानमा भारी बर्षा गराउने बादल देखा
परेको छ ।
अगाडिबाट उत्पन्न भएको
चक्रवात पूर्वतिर बढ्ने बित्तिकै पश्चिमी जापान सहित पूर्वी र उत्तरी जापानमा १६
तारिख आईतबार देखी १७ तारिख अबेरसम्म मेघ गर्जन सहित भारी बर्षा हुनेछ ।
१७ तारिख सोमबार
बिहानसम्म २४ घण्टामा वर्षाको मात्रा उत्तरी क्युशुमा १८० मिलिमिटर, दक्षिणी क्युशुमा
१५० मिलिमिटर, तोहोकुमा १२० मिलिमिटर र चुगोकु क्षेत्र र होकुरीकुमा १००
मिलिमिटर पर्ने अनुमान छ ।
त्यस पछि १८ तारिख
बिहानसम्म २४ घण्टामा वर्षाको मात्रा क्युशुको उत्तरी र दक्षिणी भागमा १००
मिलिमिटरदेखि १५० मिमी र होकुरीकु क्षेत्रमा ५० मिमीदेखि १०० मिलिमिटर पर्ने
अनुमान छ।
जापान मौसम एजेन्सीले
भारी वर्षा, डुबान र नदीहरूको बाढीको कारण खोला तथा नदि किनार प्रकोपको
चेतावनी दिएको छ ।
पश्चिमी जापानका विभिन्न
भागहरूमा मौसम असामान्य रहने र भारी वर्षाको मौसम नजिकिँदै गरेको समेत एजेन्सीले
जनाएको छ ।
भारी बर्षाको सम्भावना
रहेका क्षेत्रहरुमा जोखिमको नक्सालाई हेरेर र निकासको गन्तव्यलाई विचार गरि तयारी
गर्न समेत मौसम एजेन्सीले आग्रह गरेको छ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment