- Get link
- X
- Other Apps
हरी कृष्ण न्यौपाने-झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु
कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्यु भएको छ।स्वास्थ्यमा केही समस्या आए
पछी कुवेतको आदान अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्यु भएको हो।
नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं
०८९३८६९४ कि राधा धिमालको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा प्राप्त भई
सकेको छ।सिलवालले थपे”मृत्युको कारण सहित अन्य जानकारी आउन बाँकी रहे पनि मृतकको
विवरण हेर्दा श्रम नगरिकन अबैधानिक रुपमा कुवेत प्रबेश गरेको देखिन्छ।दूतावासले
मृतकको परिवारसंग समन्वय गरेर उनको लाश पठाउने देखी अन्य कानुनी प्रकृयामा सहजिकरण
गर्न शुरु गरिसकेको छ।”
४५ बर्षिय मृतक राधा धिमालको श्रीमान वैदेशिक रोजगारीकै क्रममा साउदी अरब र
छोरो कतारमा कार्यरत रहेको झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालले बताएका
छन।राजु धिमालका अनुसार मृतक राधा धिमाल बिगत ८ महिना देखि आफ्नो स्पोन्सरको घर
छोडी लुकी-छिपी(अबैधानिक) रुपमा काम गर्दै आएकी थिइन।
- Get link
- X
- Other Apps

Comments
Post a Comment