- Get link
- X
- Other Apps
काठमाण्डाै – विश्वका धेरै देशमा कोभिड–१९ को
सङ्क्रमण बढ्दै गइरहेको छ । तर एक सानो एसियाली द्वीप यस महामारीमा सबैभन्दा
सुरक्षित देशको रुपमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
ब्लूमबर्गको एक प्रतिवेदनमा सिङ्गापुरले
न्युजिल्यान्डलाई पछि छाड्दै पहिलो स्थान प्राप्त गरेको हो । न्युजिल्याण्ड कैयौँ
महिनादेखि पहिलो स्थानमा थियो । यो सूची विभिन्न मानकलाई ध्यानमा राख्दै बनाइएको
हो, जसमा कोरोना सङ्क्रमण दरदेखि लिएर घुम्ने स्वतन्त्रतासम्म समावेश छ ।
रिपोर्टका अनुसार सिङ्गापुरको खोप अभियान यसलाई पहिलो
स्थानमा पुर्याउने प्रमुख कारण हो । न्युजिल्यान्डमा खोप अभियानको गति कम छ ।
महामारीको यस समयमा सबै कुरा झन्डै–झन्डै सामान्य
जस्तै छ ।
झन्डै–झन्डै सामान्य जिन्दगी
यो साँचो हो, सिङ्गापुरमा जिन्दगी राम्रो छ, यद्यपि यसमा केही चेतावनी पनि
समावेश छन् ।
पछिल्ला दिनमा सङ्क्रमणको केही घटना सार्वजनिक भएका
थिए र त्यसमाथि नियन्त्रण गर्न सकिएको छ । कुनै क्षेत्रमा सङ्क्रमण फैलिएको घटना त
छैन जत्तिकै छ ।
कतै जाँदा कडा नियम छ, सीमामा सुरक्षा कडा छ । बाहिरबाट आउने सबै सामानको जाँच हुन्छ र तुरुन्त छेउ
लगाइन्छ । गएको वर्ष दुई महिनाको लकडाउन बाहेक फेरि लकडाउन लगाउनुपर्ने अवस्था
आएको छैन ।
जिन्दगी झन्डै–झन्डै सामान्य छ । म आफ्नो परिवार र
साथीसँग जहिले पनि भेट गर्न सक्छु, डिनरमा या कुनै रेस्टुरेन्टमा ।
यद्यपि एकै साथ आठभन्दा धेरै व्यक्ति सहभागी हुन पाउँदैनन् । मास्क लगाउनु जरुरी छ, तपाईँ खाने बेला र कसरत गर्दा मास्क खोल्न सक्नुहुन्छ ।
पछिल्ला दिनमा कैयौँ व्यक्ति आफ्नो काममा फर्किएका
छन्, यद्यपि कार्यालयमा सामाजिक दुरीलाई ध्यानमा राखिन्छ । तपाईँ चलचित्र हेर्न र
किनमेल गर्न जान सक्नुहुन्छ, मात्र मास्क र कन्ट्याक्ट ट्रेसिङ
एप चाहिन्छ ।
विद्यालय पनि खुलेका छन् र सप्ताहन्तमा म आफ्ना
बालबालिकालाई बाहिर पनि लैजान सक्छु तर सबै ठाउँमा कम व्यक्तिलाई अनुमति दिइने
हुनाले कहाँ जाने भनेर निर्णय गर्नु युद्ध गरे बराबर हुन्छ ।
१५ प्रतिशत जनसङ्ख्याले खोप लगाए
झन्डै १५ प्रतिशत जनसङ्ख्याले खोपको पूरै डोज
पाइसकेका छन् । हाम्रो जनसङ्ख्या मात्र ६० लाख भएकाले पनि यो सम्भव भएको हो । तर
यसका लागि उचित प्रक्रिया, सरकार र खोपमाथिको विश्वासले पनि
महत्त्वपूर्ण भूमिका निभायो ।
यस कारण हामी सुरक्षित छौँ, तर यसका साथै मानिसहरुलाई हामी विश्वको सबैभन्दा सुरक्षित ठाउँमा रहेको लाग्न
थालेको छ, तर सयौँ प्रवासी कामदारहरुका लागि भने यस्तो छैन ।
उनीहरु अझै पनि आफ्नो काम गर्ने ठाउँ र ढोकासम्म
मात्र सीमित रहन बाध्य छन् । गएको वर्ष कोरोना सङ्क्रमणपछि सरसफाइ नगरिएका ठाउँलाई
लिएर यस्तो निर्णय गरिएको हो ।
उनीहरुले आफू बसेको ठाउँ छोड्न कम्पनीको अनुमति
लिनुपर्ने हुन्छ र भेटघाटका लागि सरकारी क्षेत्र तय गरिएको छ ।
देशका बाँकी क्षेत्रमा सुरक्षा दिनका लागि यो सब
गरिएको हो किनकि सरकारका अनुसार सङ्क्रमण फैलिने 'एक ठूलो खतरा' छ । समानताका बीच पनि सिङ्गापुर
अझै पनि एक रुढिवादी देश हो भन्ने तितो यथार्थतर्फ यसले इसारा गर्छ ।
आप्रवासीको हकका लागि आवाज उठाउने एक सामाजिक
कार्यकर्ता सिङ्गापुर 'अपमानजनक र भेदभाव' ले भरिएको छ ।
‘न्युजिल्याण्ड पनि यो सूचीमा माथि नै छ तर उसले
मानिसहरुको अधिकार खोसेको छैन । यो मात्र नतिजाको बारेमा होइन, हामी त्यहाँसम्म कसरी पुग्ने यो पनि जरुरी छ ।’
गरिबहरुका लागि यो महामारी निकै खराब साबित भएको छ ।
सरकारले अर्थव्यवस्था सन्तुलन बनाइराख्न र आवश्यक परिवारको मदतका लागि लाखौँ डलर
खर्च गरेको छ र बेरोजगारी दर पनि कम छ ।
तर तथ्याङ्कले सही कथा बोल्दैन । कैयौँ व्यक्तिको तलब
कम भएको छ । नोकरी गुमाएका कैयौँ व्यक्ति खाना डेलिभरी र गाडी चलाउने काम गरिरहेका
छन् ।
सामाजिक कार्यकर्ता प्याट्रिक भीका अनुसार, ‘यो निकै ठूलो समस्या हो, तपाईँ दिनमा कति कमाउनु हुन्छ यो
पनि थाहा छैन, यसले पनि तनाव दिन्छ । उनीहरुको
ठाउँमा जो कोही पनि आउन सक्छन्, यस कारण नोकरी खोसिने डर छ ।’
एक स्वर्णिम जेल
जसले स्वतन्त्रताको अनुभव गरिरहेका छन्, जसल तलब बुझिरहेका छन्, उनीहरुका लागि पनि समस्या छ । एक
यस्तो देश जहाँ हरेक ठाउँमा क्यामेरा लगाइएको छ, जहाँ थोरै गोपनीयता थियो, महामारीले यी सबै समाप्त गरिदिएको
छ ।
हामी जहाँ गइरहेका छौँ हामीले एक एप या टोकनको प्रयोग
गर्नैपर्छ र हामी कोसँग भेटिरहेका छौँ, यो जानकारी लिइन्छ । यद्यपि
सरकारले यी डाटाबाट व्यक्तिको पहिचान नहुने दाबी गरेको छ ।
कोभिड–१९ ले गोपनीयताको बहस समाप्त गरिदिएको छ, केही व्यक्ति सरकारको कुरासँग सहमति जनाउँदै यस परिस्थितिमा यसको अवश्यकता
रहेको बताउँछन् तर केही व्यक्तिले यसलाई डाटाको गलत प्रयोग हुन सक्ने विषयलाई लिएर
सचेत गराएका छन् ।
तर यात्रा र क्वरेण्टीनको कडा नियमलाई लिएर केही
व्यक्ति यसलाई स्वर्णिम जेल मान्न थालेका छन् । यसको अर्थ तपाईँले अर्काे देशका
रहेका परिवार र साथीसँग भेट्न पाउनु हुनेछैन ।
सिङ्गापुरले हङकङसँग ट्राभल बबल खोल्ने खबरले धेरै
व्यक्ति खुसी छन् । गएको वर्ष पनि यस्तै प्रयास भएको थियो तर त्यो सफल भएको थिएन ।
सिङ्गापुरको सरकार अर्थव्यवस्थालाई बचाउन देशलाई
खोल्नुपर्नेमा जोड दिँदै आएको छ । यसको सुरुवात चीन र अस्ट्रेलियाले गरेका छन्, जहाँ कैयौँ प्रतिबन्धसँगै यात्रा गर्न सकिन्छ ।
सिङ्गापुर एक दिन अरु देशसँग फेरि चल्न सुरु गर्नेछ र
त्यस बेला हाम्रो वास्तविक परीक्षा सुरु हुनेछ ।
- Get link
- X
- Other Apps

Comments
Post a Comment