सात वर्षको उमेरमै सबैथोक गुमा’एकी गुल्मीकी छविकला: आफ्नै अनुहार देखेर त’र्सि’न्छिन् (भिडियो सहित)

 



दिपक नेपाली, गुल्मी: जन्मिएको ७ वर्षमै उनको अनुहार आगोले ज’ल्यो। घरपरिवारकी प्यारी छोरीलाई नै यस्तो भएपछि परिवारमा अ’स’ह्य पी’डा भयो। गुल्मीको सत्यवती गाउँपालिकाकी छविकला परियारलाई भगवान छन् जस्तो लाग्दैन्।

 

कलिलै उमेरमा आफ्नो अनुहार गु’मा’एकी उनलाई अहिले अरु साथी भाईहरुलाई देख्दा निकै दुःख लाग्छ । जन्मिदा निकै सुन्दर जन्मिएकी उनलाई अहिले उनलाई हिँड्डुल गर्न र सामान्य काम गर्न समेत निकै कठिनाई पर्छ । पटक पटक आफ्नो शरीर आगोमा जलेपछि उनको अहिले यस्तो अवस्था भएको छ।

 

सगैं हुर्केका बढेका सबै साथीहरुले घरजम गरेर बालबच्चा जन्माईसकेँ। उनलाई पनि कहिलेकाँही विहे गर्ने रहन जागेर आउँछ । उमेरले अहिले ३१ वर्षमा टेक्दै गरेकी उनलाई जन्मेको ७ वर्षको उमेर देखिनै पी’डाहरु सुरु भए । ७ वर्षको उमेरमा घरमा खाना पकाउन लागेको समयमा उनी एक्कासी बे’हो’स भएर पल्टिईन् । आगोमा उनको अनुहार पर्यो। आगोले उनको अनुहार सबै जलाईदियो ।

 

त्यति मात्रै होईन् अहिलेसम्म उनको अनुहार त्यसैगरी झण्डै ३ पटक ज’लि’सकेको छ । छविकला सानैमा सारै राम्री थिईन् । उनको सुन्दरतालाई बैयान गर्थे तर अहिले उनी आगोमा परेर उनको अनुहार ज’लेपछी राम्रोसंग हिड्न डुल्न र काम गर्न सक्दिनन् । छविकला सानै हुँदा उनका बाबाको खोलामा डु’बे’र मृ’त्यु भयो। उनकी जेठी दिदीको पनि सवारी दुर्घ’टनामा परी ज्या’न गयो।

 

छविकलासगैं परिवारका अन्य सदस्यको लालनपोषण र रेखदेख गर्ने जिम्मा छविकलाकी आमासगं परेको छ। उनले गरिबलाई भगवानले पनि पी’डा माथि पी’डा थपिदिँदो रहेछ भन्ने लाग्छ।





Comments